वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा षष्ठी - २१
जिल्लामा रहेका प्रदेश कार्यालयहरुको निकासा तथा आन्तरिक लेखापरीक्षणमार्फत आर्थिक प्रशासन कार्यको नियमन तथा अनुगमण र संचालन गर्दछ। प्रदेश सरकार अन्तर्गत सल्यान जिल्लामा रहेका प्रदेश कार्यालयहरुको विनियोजन तर्फको निकासा लगायत कार्यसंचालन कोष, धरौटी, राजश्वको एकिकृत आर्थिक विवरण तथा स्थानीय तहलाई प्रदान गरिएको अनुदानको एकीकृत आर्थिक विवरण तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतलाई प्रतिवेदन दिने कार्यका साथै थुप्रै कार्यहरु गर्दै आईरहेको छ ।