महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व सप्तमी - ७

लक्ष्य तथा उद्देश्यहरु

१. सुशासन र उत्तरदायी बनाउने: नेपालको लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, सार्वजनिक उत्तरदायित्व, प्रभावकारिता, विधिको शासन र भ्रष्टाचार नियन्त्रण सुशासनका आधारभूत तत्वहरू हुन्। सार्वजनिक निकायमा रहेको कोषको मितव्ययी, दक्ष, प्रभावकारी तथा उपयोगी बनाउन कार्यालयहरुलाई राय सल्लाह दिने ।

२.कार्यालयकाे भूमिका: यस कार्यालयको मुख्य जिम्मेवारी प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषहरूको सञ्चालन, खर्च र व्यवस्थापन ठिकसँग भए नभएको औल्याउनु हो। यसले सरकारी चल-अचल सम्पत्तिको अभिलेख राख्ने, वित्तीय प्रशासनको निर्देशन र नियन्त्रण गर्ने, आन्तरिक लेखापरीक्षण गर्ने र प्रदेश सरकारको जिल्लाको एकीकृत वित्तीय विवरण तयार गर्ने काम गर्दछ।

३. आन्तरिक लेखापरीक्षण: आन्तरिक लेखापरीक्षणले सरकारी निकायहरूबाट गरिएको लगानी नियमित, मितव्ययी र प्रभावकारी भए/नभएको परीक्षण गरी व्यवस्थापनलाई सुझाव दिन्छ। यसले आम्दानी र खर्चको लेखाङ्कन प्रचलित कानून बमोजिम भए/नभएको जाँच गरी वित्तीय पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग गर्छ।

४. कानूनी र संवैधानिक व्यवस्था: नेपालको संविधानको भाग १०, १६ र १९ मा क्रमशः संघीय, प्रादेशिक र स्थानीय सरकारको वित्तीय कार्यविधिहरू उल्लेख गरिएको छ। संविधानको धारा ११६, २०४ र २२९ ले क्रमशः संघीय सञ्चित कोष, प्रादेशिक सञ्चित कोष र स्थानीय सञ्चित कोषको व्यवस्था गरेको छ। यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीहरूले वित्तीय प्रशासनलाई व्यवस्थित र जवाफदेही बनाउन मद्दत पुर्याउँछन्। उल्लेखित व्यवस्थाको कार्यन्वयनमा यस कार्यालयले जोड दिन्छ ।

अन्त्यमा,

जिल्लामा रहेका प्रदेश कार्यालयहरुको निकासा तथा आन्तरिक लेखापरीक्षणमार्फत आर्थिक प्रशासन कार्यको नियमन तथा अनुगमण र संचालन गर्दछ। प्रदेश सरकार अन्तर्गत सल्यान जिल्लामा रहेका प्रदेश कार्यालयहरुको विनियोजन तर्फको निकासा लगायत कार्यसंचालन कोष, धरौटी, राजश्वको एकिकृत आर्थिक विवरण तथा स्थानीय तहलाई प्रदान गरिएको अनुदानको एकीकृत आर्थिक विवरण तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतलाई प्रतिवेदन दिने कार्यका साथै थुप्रै कार्यहरु गर्दै आईरहेको छ ।