. प्रदेश लेखा इकाइ कार्यालयको परिचय
कर्णाली प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय विरेन्द्रनगर सुर्खेत अन्तर्गत नौ वटा प्रदेश लेखा इकाई कार्यालयहरु रहेका छन्। उक्त प्रदेश लेखा इकाइ कार्यालयहरु अन्तर्गत प्रदेश लेखा इकाइ कार्यालय, सल्यान पनि पर्दछ । यस जिल्लामा यस कार्यालयको स्थापना २०७७ साल भाद्र १८ गते भएको हो ।यसले जिल्लामा रहेका प्रदेश कार्यालयहरुको निकासा तथा आन्तरिक लेखापरीक्षणमार्फत आर्थिक प्रशासन कार्यको नियमन तथा अनुगमण र संचालन गर्दछ। प्रदेश सरकार अन्तर्गत सल्यान जिल्लामा रहेका प्रदेश कार्यालयहरुको विनियोजन तर्फको निकासा लगायत कार्यसंचालन कोष, धरौटी, राजश्वको एकिकृत आर्थिक विवरण तथा स्थानीय तहलाई प्रदान गरिएको अनुदानको एकीकृत आर्थिक विवरण तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतलाई प्रतिवेदन दिने कार्यसमेत गर्दछ।
२. प्रदेश लेखा इकाइ कार्यालयको काम कर्तव्य र अधिकार
- जिल्लास्थित प्रदेश कार्यालयहरु तथा स्थानीय तहलाइ विनियोजन, कार्यसंचालन कोष र धरौटीको भुक्तानी आदेश अनुसार निकासा दिने ।
- यस कार्यालयवाट निकासा लिएका प्रदेश कार्यालयहरु लगायतको आन्तरिक लेखा परिक्षण गर्ने र सो को प्रतिवेदन गर्ने ।
- विनियोजन, कार्यसंचालन कोष र धरौटीको आर्थिक विवरण प्रमाणित गर्ने ।
- जिल्लागत विनियोजन, कार्यसंचालन कोष, धरौटी र राजश्वको वार्षिक विवरण तयार गरी प्रदेश लेखा नियन्त्रक कार्यालयमा वार्षिक हिसाव भिडान गर्ने ।
- प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयबाट निर्देशित अन्य कार्यहरु गर्दछ।
४. प्रदेश लेखा इकाइ कार्यालयबाट प्रदान गरिने सेवा
- विनियोजन सम्वन्धी कार्य :
- दस्तखत नमुना कार्ड स्क्यान गरी अपलोड गर्ने ।
- कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार दर्ता गरी EFT तथा चेक जारी गर्ने ।
- सम्वन्धित कार्यालयको आधिकारिक प्रतिनिधीलाई चेक बुझाउने ।
- कार्यालयको निकासा भएको खर्च लेखाङ्कनको त्रैमासिक रुपमा आन्तरिक लेखा परिक्षण गरि औँल्याएका विषयहरुको न्युनिकरण गर्न सुझाव दिने ।
- प्रदेश सरकारले स्थानीय तहहरुलाई प्रदान गरिने विभिन्न अनुदानहरुको प्रगतिका आधारमा निकासा दिने तथा समानिकरण अनुदानको विषयमा त्रैमासिक रुपमा तोकिएको कागजातहरु प्राप्त भएमा तोकिएको मिति अगाबै निकासा प्रदान गरिने ।
- कार्यालयमा निकासामा System मा आएका समस्याहरुलाई प्रदेश लेखा नियन्त्रक कार्यालय तथा महालेखा नियन्त्रक कार्यालयमा समन्वय गरि समस्याहरुको समाधान गर्ने गरिएको ।
- कार्यसंचालन कोष सम्वन्धी कार्य :
- दस्तखत नमुना कार्ड स्क्यान गरी अपलोड गर्ने ।
- कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार दर्ता गरी EFT तथा चेक जारी गर्ने ।
- सम्वन्धित कार्यालयको आधिकारिक प्रतिनिधीलाई चेक बुझाउने ।
- कार्यालयको निकासा भएको खर्च लेखाङ्कनको त्रैमासिक रुपमा आन्तरिक लेखा परिक्षण गरि औँल्याएका विषयहरुको न्युनिकरण गर्न सुझाव दिने ।
- दस्तखत नमुना कार्ड स्क्यान गरी अपलोड गर्ने ।
- कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार दर्ता गरी EFT तथा चेक जारी गर्ने ।
- सम्वन्धित कार्यालयको आधिकारिक प्रतिनिधीलाई चेक बुझाउने ।
- कार्यालयको निकासा भएको खर्च लेखाङ्कनको त्रैमासिक रुपमा आन्तरिक लेखा परिक्षण गरि औँल्याएका विषयहरुको न्युनिकरण गर्न सुझाव दिने ।
- राजश्वको आम्दानी तथा मासिक प्रतिवेदनहरु भिडान गर्ने तथा नगद आम्दानी गरेका कार्यालयहरुको नगद संकलन गरी दाखिला गर्ने अवधि समेतलाई ध्यान दिई दाखिला गर्न ताकेता गर्ने र जिल्लाको प्रदेशको राजश्वको समग्र हिसाव एकिन गर्ने र राजश्व संकलनमा बृद्धि गर्न प्रोत्शाहन गर्ने।
- डे क्लोज सम्वन्धी कार्य :
- वैकवाट प्राप्त विवरण अनुसार दैनिक डे क्लोज गर्ने । साट्न बाँकी चेकहरुमा चेकको म्याद समाप्त हुन लागेका चेकको जानकारी सम्बन्धित कार्यालयलाई गराई चेक रद्ध हुन कम गर्ने ।
- आन्तरिक लेखा परिक्षणसम्वन्धी कार्य:
- विनियोजन, कार्यसंचालन, धरौटी र राजश्वको त्रैमासिक रुपमा आन्तरिक लेखा परिक्षण कार्य गर्ने र सोको प्रतिवेदन प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतमा पेश गर्ने।
- सुशासन/ सार्वजनिक सेवा प्रवाह सम्बन्धी सेवाहरु
- सुशासन कायम गर्न र सेवामैत्री कार्यालय बनाउन गरिएका अन्य सुधारका प्रयासहरू:
- कर्मचारीको स्पष्ट कार्य जिम्मेवारी र नियमित अनुगमनको व्यवस्था ।
- भष्ट्राचारमा शून्य सहनशिलताको नीति कार्यान्वयन गरिएको ।
- कार्यालय प्रमुखका लागि छुट्टै सम्पर्क नम्वरको व्यवस्था गरिएको ।
- कार्यालयमा नागरिक वडापत्रको व्यवस्था ।
- कार्यालयहरुले पेश गरेका निकासाका कागजातहरु समयमै निकासा गरिएको।